भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि


२० कार्तिक २०७७, बिहीबार
Bidhya Devi bhandari MN Narvane

काठमाडौं, २० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले सेना प्रमुख नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । तीन दिने नेपाल भ्रमणका लागि सेना प्रमुख नरवणे बुधबार काठमाडौं आइपुगेका हुन् ।

नरवणे नेपालको १८ औं मानार्थ महारथी बनेका छन् ।नेपाल र भारतबीच सेनापतिले एक अर्को देशको मानार्थ सेनापतिको उपाधि ग्रहण गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७