खुल्ला मञ्चमा भाइटीकापछि निःशुल्क खाना वितरण नगरिने


२१ कार्तिक २०७७, शुक्रबार
khana

काठमाडौं, २१ कार्तिक । काठमाडौंको खुल्ला मञ्चलगायतका स्थानमा हुँदै आएको निःशुल्क खाना वितरण अभियान तिहारपछि बन्द हुने भएको छ ।

काठमाडौं महानगरपालिका र कोरोना महामारीले समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट (मंसिर २ गते) देखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो ।

तिहारपछि पनि कोरोना महामारीको असर हालकै जस्तो देखिए र निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको खोजी गरेर स्थानीय पालिकाहरुसँग समन्वय गर्ने सहमति गरिएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।

खुला मञ्चमा खाना खुवाउँदा संक्रमण झन बढ्न सक्ने र सामाजिक प्रतिष्ठा समेत कायम नहुने ठहर गर्दै दुबै पक्षले सहमति गरेका छन् । भाइटीकाको भोलिपल्टदेखि खाना खुवाउन बन्द स्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको सहयोग र समन्वयमा निःशुल्क खाना खुवाउने सहमति भएको छ । महानगरले खुल्ला ठाउँमा खाना खुवाउने अभियान बन्द गर्नुपर्ने बताएपछि विभिन्न क्षेत्रबाट आलोचना समेत भएको थियो ।

1
2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७