यसरी कान कराउनु पनि कोरोनाको लक्षण : अध्ययन


२२ कार्तिक २०७७, शनिबार
ear problem

काठमाडौं, २२ कार्तिक । कान कराउनु पनि कोरोनाको लक्षण हुन सक्ने तथ्य फेला परेको बेलायतका वैज्ञानिकले बताएका छन् ।

त्यहाँस्थित एंग्लिया रस्किन युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धानले कोरोना संक्रमितमध्ये ४० प्रतिशत जनामा कान कराउने समस्या रहेको पत्ता लगाएको हो। जसलाई वैज्ञानिक परिभाषामा टिनिटस भनिन्छ ।

अमेरिका र बेलायतका ३ हजार १०३ कोरोना बिरामीमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको उद्देश्य थियो– त्यस्ता कोरोनापीडित जो पहिलेदेखि टिनिटस समस्याबाट पीडित थिए, उनीहरूलाई कोरोना संक्रमणपछि यो समस्या घट्यो कि बढ्यो ?

अध्ययनमा के तथ्य पत्ता लाग्यो भने केही व्यक्तिमा कोरोना संक्रमणपछि कान कराउने समस्या सुरु भएको थियो । अनि जो पहिलेदेखि यस्तो समस्याबाट पीडित थिए, कोरोना संक्रमणपछि झन् बढ्यो । अनुसन्धानकर्ता भन्छन्, ‘कान कराउनु दीर्घ कोभिडको लक्षण पनि बन्न सक्छ । तर यस्तो केही व्यक्तिलाई मात्र हुने सम्भावना हुन्छ ।’

अध्ययनमा सहभागी ४६ प्रतिशत बेलायती बिरामीले आफूमा बेचैनी, एक्लोपन र नकारात्मक असर देखिएको बताएका छन् । ५० वर्षीया एक महिलाले महामारीका क्रममा कान कराउने समस्याले निकै दुःख दिएको बताइन् । दैनिक भास्करबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७