कोरोना संक्रमण झन तीब्र बनेपछि रौतहटमा मंसिर १७ सम्म निषेधाज्ञा


प्रकाशित मिति : November 7, 2020

रौतहट, २२ कार्तिक । रौतहटमा कोरोना सङ्क्रमण झन तीब्र बनेपछि जिल्ला प्रशासन कार्यालयले पुनः निषेधाज्ञा लगाएको छ ।

तिहार, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार राति १२ बजेदेखि मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्