मिल्न सकिंदैन भने आ–आफ्नै गरौं : ओली


२३ कार्तिक २०७७, आईतवार
kp oli prachanda

काठमाडौं, २३ कार्तिक । नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्‍यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो ।

तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्‍यो पार्टी फुट्ने कुरा ? मैले ?’ शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नै अलि अगाडि पत्रकार सम्मेल नै गरेर जुनसुकै परिस्थितिका लागि जान तयार होऔं भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ?

बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नै गरौं, तर झगडा नगरी सल्लाहमा गरौं भनेर बोल्ने गरेको ओलीको आरोप छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७