करोडौं सम्पतिका मालिक रक्षामन्त्री भिमसेनदासलाई राज्यकोषबाट ५० लाख


२८ माघ २०७४, आईतवार

काठमाण्डौं, २८ माघ : सानो रोग उपचार गर्ने खर्च नभएकै कारण धेरै नेपालीले अस्पतालको मुख देख्न नपाई अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा ‘भिख’ मागिरहेकाको कारुणिक दृष्य हामी धेरैले देखेका छौं ।

खर्च अभावमा उपचार नपाईरहेका ती विपन्नलाई सरकारले सानो रकम उपलब्ध गराएको खण्डमा पनि धेरैको ज्यान जोगिन सक्ने अवस्था छ । तर, वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई रोग, भोकले नागरिकको समस्या भन्दा पनि आफ्नै र आफ्नाहरुको मात्र बढी चिन्ता देखिएको छ । अभावमा पिल्सिरहेका नागरिकको दुःख आँखा चिम्लिएर बस्ने प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आफ्ना ‘हुके–वैठके र चिलिमे’ हरुलाई मुट्टी खोलेर राज्य कोषको रकम बाँडिरहेका छन् । सरकार छोड्ने बेला राज्य कोष दोहनमा मात्र ध्यान दिइरहेको देउवालाई उनका मन्त्रीहरुले समेत साथमा साथ दिइरहेका छन् ।

यसरी सरकारको राज्यकोष रित्याउन सहयोग गर्नेमा देउवा सरकारका रक्षामन्त्री भिमसेनदास प्रधान पनि निस्किएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गएको शुक्रबारको मन्त्रिपरिषद बैठकबाट एक धनाढ्य मन्त्रीलाई धक फुकाएर राज्य कोषको रकम दिने निर्णय गरेका छन् । कांग्रेस नेता तथा रक्षामन्त्री भिमसेनदास प्रधान राज्यको ढुकुटीबाट ५० लाखको पोको बोकेर निस्कने भाग्यमानी मन्त्री बन्ने सौभाग्य पाएका छन् । सरकारले उपचारका नाममा ५० हजार दिने मन्त्री न त कुनै ठूलो रोगका विरामी हुन न त आफैले उपचार गर्न नसक्ने हैसियतका हुन् ।

Bhimsen Das Pradhan

काठमाडौंका स्थायीबासिन्दा तथा धनाढ्य मन्त्रीकारुपमा चर्चित देउवा सरकारका रक्षामन्त्री भीमसेनदास प्रधानले बाहिरिने बेलामा ५० लाख रुपैयाँ आर्थिक सहयोग लिएका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराएर काठमाडौं(२७ का स्थायी बासिन्दा रक्षामन्त्री भीमसेनदास प्रधानले ५० लाख रुपैयाँ सहयोग लिएपछि आलोचना सुरु भएको छ ।

लाज पचाएर प्रधानले आफै मागे पैसा

रक्षामन्त्री प्रधानलाई गत शुक्रबारको मन्त्रिपरिषदको वैठकले ५० लाख आर्थिक सहायता दिने निर्णय गरेको हो । तर, लाजमर्दो जनताको हितमा प्रस्ताव र निर्णय गर्नु पर्ने रक्षामन्त्री भिमसेनदास प्रधानले सरकारलाई ५० लाख माग गर्दै आफ्नो नाम आफै प्रस्ताव गरेका थिए । प्रधानले क्याबिनेट बैठकमा आफूलाई उपचार खर्च वापत ५० लाख रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेका राखेका थिए । काठमाण्डौंका रैथाने करोडपति मन्त्री प्रधानको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरी उपचार खर्च वापत यति ठूलो रकम एकमुष्ट उपलब्ध गराउने निर्णय गरिसकेको छ । मन्त्री प्रधानले आर्थिक सहायताका लागि आफ्नो नाम आफै प्रस्ताव गर्दा अन्य केहि मन्त्रीहरु एकापसमा मुखमुख गरेको समाचार स्रोतले जनाएको छ ।

कति छ प्रधानको सम्पति ?

रक्षामन्त्री भिमसेनदास प्रधानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा उनीसँग करोड भन्दा माथिको सम्पत्ति छ । उनीसँग काठमाण्डौं महानगरपालिका–२७ मा ५ आना ३ पैसा २ दाम जग्गा छ । त्यसैगरी नागर्जुन नगरपालिका–६ इचङ्गुमा ४२५.०६ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन पनि छ ।bibaran

त्यसैगरी सात थान हिराजडित गहना, २० तोला सुन र ७ किलोग्राम चाँदीका गहना आफूसँग रहेको उनले सम्पति विवरणमा उल्लेख गरेका छन् । त्यसैगरी नेपाल बैंक लिमिटेड कान्तिपथमा ७५ हजार र एभरेष्ट बैंक सिंहदरबारमा ४ लाख ५१ हजार ३५ रुपयाँ रहेको उल्लेख छ । प्रधानमन्त्री कार्यालयमा पेस गरेको विवरणमा उनले आफ्नो जग्गाजमिन तथा अन्य जायजेथाको सबै विवरण समेत पेस गरेका छैनन् ।bibaran 1

उनको अन्य धेरै स्थानमा भएको लगानी र शेयरको विवरण समेत सम्पति विवरणमा पेस गरिएको छैन । उनीसँगै अन्य मन्त्रीले पनि आफ्नो धेरै सम्पति लुकाएको आरोप लागिरहेको छ । यो सम्पति विवरण उनले मन्त्रिपरिषदमा देखाएको विवरण मात्र हो । उनको काठमाण्डौंको मध्यभागमा करोडौंको जायजेथा रहेको समाचार स्रोतले जानकारी दिएको छ ।

आलोचना आउँदै गर्छ

शेरबहादुर सरकारले गरेको यो निर्णय र ५० लाख लिनका लागि रक्षामन्त्री प्रधानले आफैले आफैलाई प्रस्ताव गरेको विषय अहिले देश–विदेशमा आलोचना भइरहेको छ । सर्वसाधरण मात्र होइन सरकारका केहि मन्त्रीहरुले समेत राज्यको ढुकुटीमाथिको यस्तो दोहन लाजमर्दो भएको भन्दै सरकारसँगै नेपाली कांग्रेस पार्टीलाई समेत आलोचित बनाइरहेको बताइरहेका छन् ।

तर, राज्यको ढुकुटी लिन आफ्नो नाम आफै प्रस्ताव गर्ने रक्षामन्त्री ‘आलोचना आउँदै गर्छ’ भन्ने शैलीमा सर्वसाधरणको आलोचना सुनेको नसुन्यै गरेर ५० लाख लिई छाड्ने लालचामा रहेको देखिन्छ । सरकाले सहायतामा दिने भनेको ५० लाख रुपैंयाँ फिर्ता गरेर जनताको हितमा खर्च भन्नुको सटा ‘मै मात्र कहाँ हो र, अरुले पनि त लिएका छन् नि ! भनेर नागरिकको आलोचनालाई वेवास्ता गरिरहेका छन् । सामाजिक सञ्जाल, फेसबुस र ट्वीटरमा करोपति मन्त्रीले ५० लाख लिए भन्दै अहिले उनको कडा आलोचना भइरहेको छ । मन्त्री छोड्ने बेलामा प्रधानले आलोचित हुने गरी राज्य कोषबाट त्यति धेरै रकम किन लिए ? उनका प्रसंशकहरु समेत चकित छन् ।

यस्तै, बैठकमा विभिन्न मन्त्रीको प्रस्तावमा १ हजारभन्दा बढीलाई करोडौं रुपैयाँ वितरण गर्ने सम्बन्धमा छलफल भए पनि तत्कालका लागि निर्णय नभएको स्रोतले जानकारी दिएको छ । सहायता वितरणसम्बन्धी प्रस्ताव गृह मन्त्रालयबाट आउनु पर्नेमा केही मन्त्रीको ठाडो प्रस्तावमा करोडौं रुपैयाँ बाँड्दा गलत सन्देश जाने भन्दै प्रशासनिक अधिकारीले सुझाव दिएपछि प्रधानमन्त्री निर्णयबाट पछि हटेको समाचार स्रोतले जानकारी दिएको छ । यसअघि सरकारले १५ सयभन्दा बढीलाई झन्डै ४० करोड वितरण गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७