उपेन्द्र यादवको दाबी– ओलीलाई पदमा बस्न नैतिकताले दिँदैन, अब अर्को आन्दोलन हुन्छ


२५ कार्तिक २०७७, मंगलवार
Upendra yadav2020 11 09 07 52 27
??????

रौतहट, २५ कार्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई सरकारमा बस्ने नैतिकता नभएको बताएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा यादवले भने, ‘आफैले निर्माण गरेको संविधान उल्टाउनु र सरकारको नेतृत्व गर्नु प्रधानमन्त्री ओलीको नैतिकताले दिँदैन ।’

प्रदेश सरकारको सबै अधिकार कटौती गर्ने नेकपाको सरकारविरुद्ध अर्को आन्दोलन गर्नुपर्ने उनले बताए । अधिकार र पहिचानको लागि फेरि अर्को आन्दोलनको आवश्यकता रहेको र जनता समाजवादी पार्टी नेतृत्व लिन तयार रहेको उनको भनाइ छ ।

नेता राजकिशोर यादवले इतिहासको हरेक आन्दोलनमा रौतहटका जनताको अग्रणी भूमिका रहेको बताउँदै अधिकारको लडाइँमा साथ दिन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले नेकपा सरकारले मधेसी जनताको आँखामा छारो हालिरहेकाले सजग रहनुपर्ने बताएका थिए । मधेस र मधेसीको हक अधिकार दिलाउने एक मात्र पार्टी जसपा रहेको मन्त्री यादवको दाबी छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७