पूर्वमन्त्री गौतमको निधन


२७ कार्तिक २०७७, बिहीबार
Bhim Prasad Gautam

तनहुँ, २७ कार्तिक । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज (बिहीबार) बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो ।

करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

भूमिसुधारमन्त्री तथा पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अथक योद्धा गौतमको निधनले सिङ्गो तनहुँवासीलाई स्तब्ध बनाएको उनले बताए । उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७