नेपाल सम्वतको स्वागत गर्दै नेवार समुदायमा म्हःपूजा गरिंदै


३० कार्तिक २०७७, आईतवार
mahapuga

काठमाडौं, ३० कार्तिक । नेवार समुदायले आज म्हःपूजा गर्दैछन् । हरेक वर्ष नेपाल सम्वतको पहिलो दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा छ ।

बिहानै नयाँ वर्ष नेपाल संवत् ११४१ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हः पूजा गर्ने प्रचलन छ । तर यस वर्ष भने तिथी घटबढ भएकाले नेपाल संवतको नयाँ वर्षको एक दिन अघि नै म्ह पूजा परेको छ ।

म्हः पूजाका लागि सबैभन्दा पहिले मण्डप बनाएर तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतले घेरा हालिन्छ । मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बसेर पूजा गर्ने परम्परा रहेको छ ।

मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, बयर लगायतका फलफूल राख्ने गरिन्छ । म्हः पूजामा र भाइटीकामा नेवार समुदायले काँचो धागोले बनाएको जजंका अनिवार्य हुन्छ । म्हः पूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घरको नकीं (मूली महिला) ले गर्ने परम्परा छ । तिहारअन्तर्गतको म्हःपूजा गैरनेवार समुदायबीच पनि सुपरिचित हुँदै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७