थप ५०२ जनामा कोरोना संक्रमण, २,८७८ जना निको, १७ जनाको मृत्यु


२ मंसिर २०७७, मंगलवार
korona

काठमाडौं, २ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर जम्मा ३,११२ जनाको पिसिआर परीक्षण भएको थियो । जसमध्ये ५०२ जनाको पोजिटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।

आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन् । आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार २४७ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना संक्रमण देखिएको छ ।

योसहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ । मंगलबार ३० हजार ९८६ जना सक्रिय संक्रमितमध्ये २८ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ३५ जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश १ मा ३ हजार ४ सय २, प्रदेश २ मा ६८४, लुम्बिनी प्रदेशमा २२०३, सुदूरपश्चिम प्रदेशमा १००५, गण्डकी प्रदेशमा १९६५ र कर्णाली प्रदेशमा २१३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

देशभर ३५६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८ जना भेन्टिलेटरमा र ३१८ जना संक्रमित आइसियुमा उपचाररत छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियु र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १६ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७८ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७