जब्बरजस्ती करणी गरेको भिडियो खिची ‘व्ल्याक मेलिङ’ गर्ने पक्राउ


४ मंसिर २०७७, बिहीबार
pakrau
फाइल फोटो

सिरहा, ४ मंसिर । सिरहामा एक २२ महिलालाई जब्बरजस्ती करणी गरेको भिडियो बनाई ‘व्ल्याक मेलिङ’ गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटक–पटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो । हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७