सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहार : योगेश भट्टराईले भने, ‘हुलहुज्जत जबजको कोर्स होइन’


६ मंसिर २०७७, शनिबार
yogesh bhattarai paryetan mantri.00 07 10 16.Still001

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुलहुज्जत जनताको बहुदलीय जनवादको कोर्स हुन नसक्ने बताएका छन् । स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको बिरोध गर्दै भट्टराईले विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता भएको उल्लेख गरेका छन् ।

शनिबार नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट पाण्डेमाथि दुव्र्यवहार गरेका थिए । यो घटना बारेमा भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो ।’

साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाको नेतृत्वका आएका समूहले पाण्डे विरुद्ध नाराबाजी गरेका थिए । थपलिया प्रदेश कृषि मन्त्री धावा लामाको ज्वाइँ तथा स्वकिय हुन्। उनी प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको छोरा समेत हुन् ।

घटनाको वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे माथिको दुव्र्यवहार कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण र आदर्श विपरित भएको भन्दै काबाही माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७