पहिलोपल्ट एकै दिन ३९४ अस्पताल शिलान्यास हुँदै (सूचीसहित)


७ मंसिर २०७७, आईतवार
Health 1

काठमाडौं, ७ मंसिर । सरकारले सबै नागरिकसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यका साथ पहिलोपल्ट एकै दिन ३९४ वटा अस्पतालको शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

सरकारले अस्पताल नभएका ६४९ स्थानीय तहमध्ये ३९४ वटामा अस्पताल निर्माण थाल्ने भएको हो । त्यसका लागि यही मंसिर १५ गते एकै दिन ३९४ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भनेर सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत कार्यक्रम अघि बढाइएको हो ।

सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत कात्तिक ३ गते अर्थ मन्त्रालयमा सम्पन्न बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार मंसिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

सोहीबमोजिम सरकारले तयारी थालेको हो । प्रवक्ता गौतमका अनुसार अहिले शिलान्यास गरिने अस्पताल १५ शैंयाका हुनेछन् । अर्को वर्षसम्ममा अस्पताल नभएका ६४९ वटै स्थानीय तहमा यस्ता अस्पताल बनाइने उनको दाबी छ ।
हेर्नुस् सूची

1 4
2 3
3 3
4 1
5 1
6
7
8
9
10
11
12
13
14
15
16

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७