विश्वमा एकै दिन ४ लाख ६३ हजार कोरोना संक्रमित थपिए, ७ हजार ७१२ को मृत्यु


१० मंसिर २०७७, बुधबार
korona death

काठमाडौं, १० मंसिर । विश्वमा पछिल्लो २४ घण्टामा चार लाख ६३ हजार ७३० जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ५४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ९३ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिललगायत देशमा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७