एनसेलको नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा


१२ मंसिर २०७७, शुक्रबार
Ncell Centre TIA 2

काठमाडौं, ११ मंसिर । एनसेल आजियाटा लिमिटेडले त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमानयाँएनसेल सेन्टर स्थापना गरी ग्राहकलाई सेवा दिन थालेको छ ।

कोरोना महामारीकाबेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालनागर्दै यस सेन्टरले सेवाप्रवाह गर्न थालेको हो ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुपआफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवाप्रदानगर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभवप्रदान गर्ने उद्देश्य अन्र्तगतयो नयाँएनसेल सेन्टर एनसेलले संचालनमाल्याएको हो ।

यस सेन्टरबाट ग्राहकले एनसेलका सेवातथा सुविधाहरुकाबारेमा सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायतविभिन्नकर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिमफोरजीमाअपग्रेड गर्ने, सिमतथा मोबाइलनम्बर परिवर्तन, सीयुजीनम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिलतिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतकाअन्यग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवाअनुभवप्रदान गर्नेे प्रतिबद्घताअनुरुप, यस नयाँ सेन्टरले विदेशबाट आउने यात्रु तथाग्राहकलाई थपमुल्यप्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबार देखि शनिबार हप्ताको सातै दिनबिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवाप्रदान गर्नेछ ।

आफ्नो ग्राहक सेवालाई अझ सहजतथा सर्वसुलभ बनाइउत्कृष्ट ग्राहकअनुभवप्रदान गर्न एनसेलले देशकाविभिन्नभागमा ३२ वटा एनसेल सेन्टरहरु संचालनगर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७