२८ वर्षीया महिला र पुरुषको शव फेला


१२ मंसिर २०७७, शुक्रबार
child death 1

मकवानपुर, १२ मंसिर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौंडा अस्पताल ल्याइँदै गरेको छ । यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ ।

इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । शव परीक्षणका लागि बिहीबार नै हेटौंडा ल्याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७