म्यारोडोनाका निजी चिकित्सकमाथि छानविन, क्लिनिकमा छापा


१५ मंसिर २०७७, सोमबार
Maradona

काठमाडौं, १५ मंसिर । अर्जेन्टिनाका फुटबल खेलाडी म्यारोडोनाको मृत्यु प्रकरणमा विवाद भएपछि उनका निजी चिकित्सकमाथि छानविन थालिएको छ ।

प्रहरीले म्यारोडोनाका निजी चिकित्सक लियोपोल्डो लुकेको क्लिनिकमा छापा मारिएको हो । म्यारोडोनाका छोरीहरुले आफ्ना बुबालाई अन्तिम समयसम्म खुवाइएको औषधि र उपचार विधिमा आशंका व्यक्त गरेसँगै चिकित्सकमाथि छानविन थालिएको बीबीसीले जनाएको छ ।

गत बुधबार म्याराडोनाको अर्जेन्टिनाको ब्युनस आर्यर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो । ६० वर्षको उमेरमा म्याराडोनाको २५ नोभेम्बरमा अर्जेन्टिनाको राजधानी ब्यूनस आइरसस्थित उनको घरमा हृदयघातका कारण उनको निधन भएको थियो ।

115691578 f361a925 0ae2 4a26 acf6 657b1f75d46f

म्याराडोनाका छोरीहरुले आफ्ना पितालाई कस्ता औषधी दिइएको थियो, यसबारे अनुसन्धान होस् भनेर माग गरेका थिए । नोभेम्बर महिनाको सुुरुवातमा नै म्याराडोनाको मस्तिष्कबाट जमेको रगत निकाल्न गरिएको शल्यक्रिया सफल भएको थियो । यसबाहेक रक्सीको लत छुटाउनका लागि पनि उनको उपचार चलिरहेको थियो ।

डा. लुकेले आफूले प्रहरीको अनुसन्धानमा मद्दत गरिरहेको बताएका छन् । उनले म्याराडोनाको ज्यान बचाउन अन्तिम अवस्थासम्म पनि हरसम्भव प्रयास गरिएको बताए । करिब ३० प्रहरीले स्थानीय समयानुसार आइतबार बिहान डा. लुकको घरमा छापामारी गरेको थियो र अन्य ३० ले ब्यूनस आइरसमा उनको क्लिनिकमा छापा हानेका थिए ।

यो छापामारी मुद्दा चलाउने व्यक्तिहरुको आदेशमा हानिएको थियो जसमार्फत् म्याराडोनाका अन्तिम दिनमा के–के भएको थियो भनेर पत्ता लगाउने कोसिस भइरहेको छ । जब म्याराडोनालाई स्वास्थ्य लाभका लागि घर पठाइएको थियो तब उनी डिस्चार्ज हुने स्थितीमा नै नभएको बताइँदै आएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७