फाइजर–बायोएनटेकको कोरोना खोप प्रयोग गर्न बेलायतले दियो अनुमति

कोरोना खोप प्रयोग गर्न दिने बेलायत बन्यो पहिलो देश, केहि दिनमै सामुहिक खोप कार्यक्रम


१७ मंसिर २०७७, बुधबार
pfizer vaccine Cu9k9mahO6

काठमाडौं, १७ मंसिर । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपलाई प्रयोग गर्ने अनुमित दिने बेलयात विश्वमै पहिलो देश बनेको छ । बेलायतमा अर्को हप्तादेखि खोप दिइन शुरु गरिने बताइएको छ ।

‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो । तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।

बीबीसीका अनुसार केही दिनमै कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई खोप दिन शु्रु गरिनेछ । बेलायतले करिब फाइजरसँग ४ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ । पहिलो लटमा बेलायतलाई एक करोड डोज छिट्टै उपलब्ध गराइने फाइजरले जनाएको छ । यो खोपको विकास १० महिनाको अन्तरालमा भएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७