जो बाइडेनका छोरा हन्टर बाइडेनले कर छली गरेको भन्दै अनुसन्धान


२५ मंसिर २०७७, बिहीबार
joe biden son 6CLWkI9SAN

काठमाडौं, २५ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ ।

उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ । हन्टर बाइडेनले आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको बताउँदै आफूले करको विषयलाई कानूनी र सही ढङ्गले ह्यान्डल गरिरहेको कुरा अनुसन्धानले स्पष्ट गर्ने कुरामा आफू ढुक्क भएको बताएका छन् ।

बाइडेन–ह्यारिसको ट्रान्जिसन समूहले नव निर्वाचित राष्ट्रपतिलाई आफ्नो छोरामाथि निकै गर्व भएको जानकारी दिएको छ । समूहले एक बयानमा भनेको छ, ‘हन्टर मुस्किल चुनौतीसँग लडिरहेका छन् जसमा पछिल्ला महिनामा उनीमाथि एक विद्वेषपूर्ण व्यक्तिगत हमला पनि भएको छ ।’

हन्टरले आफूलाई अनुसन्धानबारे मंगलबार थाहा भएको बताएका छन् । उनले योभन्दा बढी कुनै जानकारी साझा गरेनन् । सन् २०२० को चुनाव अभियानमा हन्टर रिपब्लिकन पार्टीको निशानामा थिए ।

यो वर्षको सुरुवातमा जब डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलाइएको थियो तब पिता उप–राष्ट्रपति हुँदा हन्टर बाइडेन एक युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा समावेश थिए भन्ने विषय पनि छानबिनको दायरामा आएको थियो ।

ट्रम्पले युक्रेनमाथि हन्टर बाइडेनको अनुसन्धानका लागि दबाब दिएको र यस्तो नगरे सैन्य मद्दत रोक्ने चेतावनी पनि दिएको आरोप लागेको छ । डेमोक्रेटक पार्टीको बहुमत भएको सदनले ट्रम्पमाथि महाभियोग चलाएको थियो तर रिपब्लिकनको बहुमत भएको सिनेटमा उनी बचेका थिए । हन्टरको कर छलीको अनुसन्धानको खबर यस्तो समय आएको छ जब नव निर्वाचित राष्ट्रपति आफ्नो मन्त्रीमण्डलका लागि नाम सार्वजनिक गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७