कोरोनाबाट दैलेखमा थप एकको मृत्यु


२५ मंसिर २०७७, बिहीबार
korona death

दैलेख, २५ मंसिर । कोरोना भाइरस संक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार गुराँस गाउँपालिका–५ बस्ने ८७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै दैलेखमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगर्त स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

श्वास फेर्न कठिनाइ भएपछि उनलाई मंसिर १५ गते प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ आइसीयुमा भर्ना गरिएको थियो । सोहि दिन एक्सपर्ट विधिबाट पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । भर्ना हुने समयमै ती पुरुषमा अक्सिजन स्याचुरेसन ८५ प्रतिशत मात्रै रहेको महाशाखाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

रगतमा चिनीको मात्रा समेत उच्च देखिएपछि बुधबार रातिदेखि इन्सुनिलबाट उपचार गरिएको थियो । विज्ञप्तिमा उल्लेख भएअनुसार ती पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । उनी कर्णालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएका २१ औं मृतक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७