श्रीमान्थाकाे शतकसँगै क्यानाडाले नेपाललार्इ दियो १९५ रनको लक्ष्य


२ फाल्गुन २०७४, बुधबार
criket a

काठमाडौं, २ फागुन । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई क्यानडाले १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल सामु क्यानाडाले पुरै ओभरमा ८ विकेटकाे क्षतिमा १९४ रन बनायो । उसका लागि श्रीमन्त बाजिरिथ्योले शतक प्रहारे गरे । उनले १५२ बलमा १०३ रन बनाए । criket a

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले समान्य शुरूवात गरेकाे थियाे । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । तर, पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो ।

लगातार श्रीमान्थले पारी सम्हाले । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे । अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पुरा गरे ।

नेपालका बसन्त रेग्मीले ३, सन्दिप लामिछानले २ विकेट र शरद भेषावकरले र करण केसीले एक–एक विकेट लिए ।

सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाव छ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानाडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टु मै यथावत् रहने सम्भावना बढी हुन्छ ।

अन्तिम चरणमा आइपुग्दा क्यानडा, नेपाल र नामिबियाले समान ६ अंकसहित शीर्ष स्थानमा रहँदै छनोटको सम्भावनालाई बलियो बनाएका छन् । यस्तै युएईले पनि छनोट हुने आशालाई जिवितै राखेको छ ।

नेपाल र क्यनडा तथा युएई र नामिबियाको विजेताले शीर्ष २ टिमको टुंगो लाग्नेछ । शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७