अढाइ करोड जनसंख्या रहेको मोरक्कोले ६ करोड ५० लाख खोप किन्ने


१० पुष २०७७, शुक्रबार
Korona khop 3 1

राबात, १० पुस । उत्तर अफ्रिकी मुलुक मोरक्कोले नयाँ कोरोना भाइरसका लागि ६ करोड ५० लाख खोप खरिद गर्ने भएको छ । मोरक्कोले आफ्ना २ करोड ५० लाख नागरिकलाई खोप दिने तयारी गरेको छ ।

मोरक्कोका स्वास्थ्य मन्त्री खालिद एट तालेबले एक विज्ञप्ति प्रकाशन गरी खोप खरिद र वितरणका लागि तयारी अन्तिम चरणमा पुगिसकेको बताएका छन् ।

मोरक्कोले चीनको सिनोफार्म र बेलायतको अस्ट्राजेनिकाबाट खोप खरिद गर्ने योजना बनाएको सरकारी स्रोतहरुले जनाएका छन् । खोप लगाउने समय भने अझै तोकिएको छैन ।

मोरक्कोका राजा मोहम्मद छैटौंले खोप निःशुल्क प्रदान गरिने घोषणा गरिसक्नु भएको छ । करिब ३ करोड ५० लाख जनसंख्या रहेको मोरक्कोमा ४ लाख २५ हजार नयाँ संक्रमित भेटिएका छन् भने ७ हजार १३० जनाको मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७