बैसाखमा चुनाव पनि हुँदैन, ओली प्रधानमन्त्री पनि रहँदैनन् : बर्षमान पुन

‘ओलीले सैनिक सत्ता र संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ’


१५ पुष २०७७, बुधबार
Barshaman Pun 06

रोल्पा, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव नहुने दावी गरेका छन् ।

गृह जिल्ला रोल्पाको लिवाङमा आज (बुधबार) प्रेस संगठनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले ओलीमा चुनाव गराउने नियत नै नरहेको बताउँदै भने, ‘अबको चार महिनामा न चुनाव हुन्छ, नत ओली नै सत्तामा रहनु रहन्छन् ।’ आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवन समेत धरापमा पारेको उनले बताए ।

इतिहासको दिशालाई उल्ट्याउन खोज्दा ओलीको राजनीतिक जीवन नै धरापमा परेको बताउँदै पुनले भने, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनु हुन्छ ।’ ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भन्दै पुनले त्यस्तो धम्कीबाट आफूहरु नतर्सने स्पष्ट गरे ।

निवर्तमान उर्जामन्त्री समेत रहेका पुनले भने, ‘सैनिक सत्ता वा संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ । वर्षौंसम्म राजाको सैनिक सत्ता र संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७