नेप्से सूचीकरण: यी हुन् ‘क’ वर्गमा पुगेका वित्तीय संस्था (सूचीसहित)


३ फाल्गुन २०७४, बिहीबार
nepse photo

काठमाडौं: नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले सूचीकरणको ‘क’ समूहमा पर्ने वित्तीय संस्थको नाम सार्वजनिक गरेको छ।nepse photo नेपाल स्टक एक्सचेन्ज

नेप्सेको सार्वजनिक सूचीकरणमा सूचीकृत २०६ वटा कम्पनीहरुमध्ये चालु अर्थिक वर्षमा १ सय १० कम्पनी ‘क’ वर्गमा परेका छन्। आर्थिक वर्ष २०७४ मा १ सय ११ कम्पनी ‘क’ वर्गमा वर्गीकृत भएका थिए।

नेप्सेका अनुसार वाणिज्य बैंक समूहबाट २७, अन्य समूहबाट २, जलविद्युत समूहबाट ५, होटल समूहबाट २, बीमा समूहबाट १६, वित्त समूहबाट ११, विकास बैंक समूहबाट २१ र माईक्रोफाइनान्स समूहबाट २६ कम्पनीहरु ‘क’ वर्गमा परेका छन्।

नेप्सेले चुक्ता पुँजी कम्तीमा २ करोड भएको, साधारण सेयरधनीहरुको संख्या कम्तीमा एक हजार भएको, कम्तीमा ३ वर्षदेखि लगातार मुनाफामा रहेका कम्पनीलाई ‘क’ वर्गमा राखेको जनाएको छ। साथै ‘क’ वर्गमा पर्न कम्पनीहरुको सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण पेश गरेको हुनुपर्ने पनि नेप्सेले जनाएको छ।

नेप्सेले आर्थिक वर्ष २०५३र०५४ देखि सूचीकृत कम्पनीहरुको वर्गीकरण प्रक्रिया सुरु गरेको हो।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७