ओली पक्षका दुई मन्त्री प्रचण्ड-नेपालमा : कर्णाली सरकार ओली पक्षविहीन


२१ पुष २०७७, मंगलवार
karnali 1

सुर्खेत, २१ पुस । प्रधानमन्त्री केपी शर्माा ओली समूहका दुई मन्त्री प्रचण्ड–नेपाल पक्षमा लागेपछि कर्णालीको सिंगो मन्त्रिपरिषद् ओली पक्षविहीन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र सामाजिक विकासमन्त्री दल रावलले ओली समूहको साथ छोडेपछि कर्णाली सरकार ओली पक्षविहिन भएको हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै ‘कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नका लागि’ प्रचण्ड–नेपाल पक्षको नेकपामा आबद्ध रहेको मन्त्री बुढाले बताएका छन् ।

यसअघि ओली पक्षीय सामाजिक विकासमन्त्री दल रावल र जुम्लाबाट प्रदेशसभामा निर्वाचित पदम रोकाया भने प्रचण्ड–नेपाल पक्षमा प्रवेश गरी सकेका छन्। ओलीको साथ छाड्ने तीनै जना पूर्वएमालेबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

२०७४ फागुनमा सरकार गठन हुँदा ७ सदस्यीय मन्त्रिपरिषद्मा पूर्वमाओवादीबाट मुख्यमन्त्रीसहित ३ जना, ओली समूहबाट ३ जना र नेपाल समूहबाट १ जना मन्त्री नियुक्त भएका थिए ।

ओली समूहबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका खड्कबहादुर खत्री २०७६ साउनमा नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हालिरहेका छन् ।

अब ४० सदस्यीय कर्णाली प्रदेशसभामा दाहाल–नेपाल समूहका सांसदको संख्या २२ पुगेको छ । सभामुखलाई छाडेर ओली समूहका १०, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यही अवस्थामा अविश्वासको प्रस्ताव दर्ता भइहाले कांग्रेस र राप्रपाको समर्थन हुँदा पनि पारित हुने अवस्था देखिँदैन । अविश्वासको प्रस्ताव पास हुन २१ सांसदको आवश्यकता पर्छ । अ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७