भारतमा मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ


प्रकाशित मिति : January 8, 2021
तस्विर स्रोत : हिन्दी बीबीसी

नयाँदिल्ली, २४ पुस । भारतको उत्तर प्रदेशअन्तर्गत बदायुन जिल्लास्थित मन्दिरमा एक महिलालाई सामुहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए । ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घोषणा गरेको थियो ।

बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामुहिक बलात्कारपछि हत्या गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो । बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका दुई साथीलाई पक्राउ गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्