ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता


२५ पुष २०७७, शनिबार
Trump vs Twitter

काठमाडौं, २५ पुस । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ ।

सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक–पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता संसद भवनमाथि उनी समर्थक हिंस्रक भीडले आक्रमण गरेपछि फेरि रोक लगाएको थियो । बिहीबार ट्रम्पको खातामाथि लगाइएको प्रतिबन्ध केही समयका लागि खोलिएको भए पनि फेरि अमेरिकी समय शुक्रबारबाट भने सँधैका लागि बन्द गरिएको ट्वीटरले जनाएको हो ।

खाता बन्द गर्दै ट्वीटरले भनेको छ, ‘हालैमा उनले गरेको ट्वीटको नजिकबाट समीक्षा र हालै गराइएको घटनालाई ध्यान दिँदै हिंसा भड्काउने जोखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्टको स्थायी रुपमा बन्द गरिदिएका छौं ।’ यसअघि जनवरी ६ मा ट्रम्पको खातामा १२ घण्टाका लागि ट्वीटरले प्रतिबन्ध लगाएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७