फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


२८ पुष २०७७, मंगलवार
gold

काठमाडौं, २८ पुस । नेपाली बजारमा केहि दिनयता दिनहुँ ओरोलो लागिरहेको सुनको भाउ आज (मंगलबार) भने फेरि उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदीको भाउमा पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७