प्रधानमन्त्रीलाई न्यायाधीशले भेटेको भन्दै संवैधानिक इजलासमै उठ्यो प्रश्न

प्रधानन्यायाधीश जबराले बोल्न रोक्दै भने, ‘त्यस्तो कुरा नगर्नुस्, भयो भयो अब नकराउनुस्’


२ माघ २०७७, शुक्रबार
ejalash

काठमाडौं, २ माघ । संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले सोही सिफारिसमा संसद् विघटन गरेको विषयमा सोही विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेका बेला न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै रिट निवेदकले प्रश्न उठाएका छन् ।

रिट निवेदक तथा विघटित प्रतिनिधिसभा सदस्य शशी श्रेष्ठले पुस २६ र २७ गते ४ न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमा कुरा राखेकी हुन् ।
उनले मुद्दा चलिरहेका बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा रहेका न्यायाधीशहरुले भेट्नुले गम्भीर प्रश्न् उठेको बताइन् ।

उनले संवैधानिक इजलासमा भनिन्, ‘न्यायाधीशहरु सपना प्रधान मल्ल, दिपक कार्की, मिरा खड्का र हरिकृष्ण कार्कीले प्रधानमन्त्रीलाई भेट्नु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत छ ।’ यस्ता गतिविधिले जनतामा न्यायालयप्रति विश्वास टुट्ने श्रेष्ठको भनाइ थियो ।

रिट निवेदकको तर्फबाट बोलेकी उनले पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ः१० बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको सुन्नमा आएको बताइन् ।

यस्तै पुस २७ गते न्यायाधीशद्धय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले १ः२० बजेदेखि २ः५५ बजेसम्म भेटेको सुन्नमा आएको भन्दै भन्दै उनले अघि भनिन्, ‘न्यायालय स्वच्छ र निष्पक्ष होस् भन्ने चाहना हो । तर यो के हो ?’ प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले यस्ता कुरा इजलासमा नराख्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७