सिंगटी हाइड्रोपावरको १४ लाख ५० कित्ता आईपीओ खुला, कहिलेसम्म म्याद ?


४ माघ २०७७, आईतवार
IPO

दोलखा, ४ माघ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइबतारदेखि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । यसमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

यो आइपीओ माघ १८ गतेसम्म भर्न सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा भने फागुन ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ ।

सिंगटीले परियोजना निर्माणका लागि निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ अनुमान गरेको छ । लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष अनुमान गरिएको छ । हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७