फुलहमलाई हराउँदै म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष स्थानमा


८ माघ २०७७, बिहीबार
116604657 gettyimages 1230697657

काठमाडौं, ८ माघ । फुलहमलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । गए राति फुल्हमको मैदानमा भएको खेल म्यान्चेस्टर युनाईटेडले २–१ ले जित्यो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन फ्रेन्च खेलाडी पउल पोग्बाले ६५ औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि खेलको पाचौं मिनेटमै एडेमोला लुकम्यानको गोलमार्फत फुल्हमले अग्रता लिए पनि म्यान्चेस्टरका एडिन्सन काभानीले गोल गर्दै खेल बराबरी गरेका थिए । पाोग्बाको गोलपछि म्यानचेस्टर युनाईटेड पुनः प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ ।

१९ खेलबाट उसको ४० अंक भएको छ । १८ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । गए रातिको खेलमा सिटीले एस्टन भिल्लामाथि २–० को जित निकाल्यो । सिटीका लागि बर्नार्डो सिल्भा र इके गुन्डोगानले एक–एक गोल गरे ।

प्रिमियर लिगमा १९ खेलबाट ३८ अंक जोडेको लेष्टर सिटी गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ भने चोथो स्थानको लिभरपुलको ३४ अंक छ । लिभरपुलले आज राति बर्नलेसँग खेल्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७