संसद् विघटन गरेर देशलाई अस्थिरतातर्फ लगियो : बरिष्ठ नेता पौडेल


८ माघ २०७७, बिहीबार
ramchandra2021

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् ।

काग्रेस काठमाडौं महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए ।

‘निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ’, उनले भने । संविधानले बहुमतको सरकारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको उनको जिकिर थियो ।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए । काठमाडौं–१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७