चर्को दबाबपछि आज बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


९ माघ २०७७, शुक्रबार
bagmati 3

काठमाडौं, ९ पुस । चर्को दवावपछि बागमती प्रदेशसभाको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ ।

६ महिनापछि बसेको अधिवेशनको पहिलो दिन बुधबार दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । तर, बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिको दबाबपछि सभामुख श्रेष्ठले आज बैठक बोलाएका हुन् ।

नेकपा विभाजनको असर बागमती प्रदेशमा पनि परेको छ । नेकपा प्रचण्ड–नेपाल पक्षका प्रदेशसभा सदस्यले डोरमणि पौडेलविद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् । प्रचण्ड–नेपाल पक्षका ४५ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध हस्ताक्षरसहित १० पुसमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

प्रदेशसभामा ११० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका दुई जना र स्वतन्त्र सांसद एक जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७