एम्बापेको दुई गोलले मोन्टपिलरमाथि पिएसजीको शानदार जित


१० माघ २०७७, शनिबार
116639412 whatsubject

काठमाडौं, १० माघ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मोन्टपिलरलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ४–० ले पराजित गरेको हो । पिएसजीको जितमा केलियन एमबाप्पेले ३४ र ६३ औं मिनेटमा गरि दुई गोल गरे ।

यस्तै नेइमारले ६० औं तथा आइकार्डीले ६१ औं मिनेटमा गोल गरेर टिमलाई जित दिलाएका हुन् । १९ औँ मिनेटमा ओम्लन सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि मोन्टपिलर १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि शीर्ष स्थानको पिएसजीको २१ खेलबाट ४५ अंक भएको छ । दोस्रो स्थानको लिलेको २० खेलबाट ४२ अंक छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७