कस्ताे अवस्था कोरोनाको खोप लगाउनु हुँदैन ? {भिडियो}


१५ माघ २०७७, बिहीबार
dr .sagarraj bhandari

काठमाडौँ, १४ माघ: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्दशक डा सागरराज भण्डारी नेपालमा कोरोना खोप लगाउने पहिले व्यक्ति बनेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको शुभारम्भ गरेसंगै उनले पहिलो खोप लगाएको हुन । मुलुकभर खोप कार्यक्रम लगाउन सुरु गरिएको छ । त्यस्तै अस्पतालका डा अनुप बास्तोला लगाएत अन्य स्वास्थ्यकर्मी, कर्मचारी लगाएतले पनि कोरोनाबिरुद्धको खोप लगाएका छन् ।

खोप लगाएपछि सरुवा रोग अस्पतालका निर्देशक भण्डारीले नेपालमा पहिलो खोप लगाउन पाउदा खुसी लागेको बताए । यो इन्फ्लुएन्जा खोप जस्तै भएको भन्दै डराउनुपर्ने कुरा नरहेको उनले स्पष्ट परे । स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउन उनले आग्रह गरे ।

कोरोना आएको एकबर्षदेखि नै कोरोना बिरामीको व्यवस्थापन गर्दै आएको भन्दै उनले कोरोना खोप भित्रनु नेपालको लागी सुखद बिषय भएको तर्क गरे । १८ बर्षभन्दा कम, एलर्जी र गभर्वती भएका व्यक्तिहरुले खोप लगाउन नहुने उनले बताए ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्तिलाई दिइने छ ।

त्यस्तै महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७