इन्फ्रास्टक्चर बैंकको आइपीओ बाँडफाँड, कसले कति पाए ?


१६ माघ २०७७, शुक्रबार
nifra d3eyeF4HI5

काठमाडौं, १६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ आज (शुक्रबार ) बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडख फाँड गरिएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

यसमा कुल १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएकामा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । यस्तै, ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँड भएको छ ।

यसरी, बाँडफाँड गरिसकेपछि बाँकी रहन गएको ४९ लाख २० हजार ७ सय २० कित्ता सेयर भने ६० देखि २ लाख कित्तासम्म आवेदन दिएकामध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथामार्फत १० कित्ता थप गरिएको छ । यसरी इन्फ्रास्ट्रक्चरको आइपीओमा अधिकतम ६० कित्तासम्म सेयर पाउनेहरु पनि छन् ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको थियो । बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७