कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु


१६ माघ २०७७, शुक्रबार
nobil nank

काठमाडौं, १६ माघ । कुलेश्वरस्थित फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुलेश्वरस्थित फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । सेवा सुरु भएसँगै फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेटमार्फत् फलफूल खरिदको रकम भुक्तानी गर्न सक्नेछन् ।

कार्यक्रममा गभर्नर अधिकारीले क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली भएको भन्दै कोभिडको महामारीको समयमा यसको महत्व अझै बढेर गएको बताए । गभर्नर अधिकारीले नबिल बैंकजस्तो संस्थाले वित्तीय क्षेत्रमा पहुँच, समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धिका लागि डिजिटल भुक्तानीलाई प्राथमिकता दिएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले पछिल्ला केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नयाँपन आउन थालेको बताउँदै उपभोक्ता पनि विस्तारै नगदबाट डिजिटल भुक्तानीमा परिवर्तन हुँदै गएको बताए । यद्यपि अझै पनि ठूलो हिस्सा कारोबार नगदमा नै हुने गरेको भन्दै उनले यस्तो अवस्थामा कमी ल्याउन नविनतम टेक्नोलोजी विकास आवश्यक रहेको बताए ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीका साथै, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवनकुमार कँडेल, नविल बैंकका अध्यक्ष न्यौपाने, प्रमुख कार्यकारी अधिकृत शाह, डेपुटी प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य लगायत उच्च व्यवस्थापनका कर्मचारी, नेपाल फलफूल थोक व्यवसायी संघ तथा कृषि बजार विकास कम्पनी अध्यक्ष लगायतको सहभागिता थियो ।

बैंकले अघिल्लो मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर ७ सय ५० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठान छन् । यस्तो सेवाग्राहीको संख्या हरेक दिन बढिरहेको नबिल बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७