भारतमा डरलाग्दो दुर्घटना, १० जनाको मृत्यु, २० बढी घाइते


१७ माघ २०७७, शनिबार
c591e29ecf121243ce3bcde614a9f95d w1000 h500 cp

नयाँदिल्ली, १७ माघ । भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा डरलाग्दो दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

साथै २० जनाभन्दा बढी घाइते भएका छन् । आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर पुलनजिक शनिबार बिहान केन्टेनर र बस आपसमा ठोक्किएका हुन् । ओभरटेक गर्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीका अनुसार एक निजी बस कुन्दरबाट यात्रु लिएर मुरादाबाद जाँदै थियो । नानपुर पुल नजिक पुग्नासाथ कन्टेनरसँग ठोक्किएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७