मेसीले गरे बार्सिलोनाका लागि ६५० औं गोल


१९ माघ २०७७, सोमबार
messi

काठमाडौं, १९ माघ । लियोनल मेसीले बार्सिलोनाका लागि ६५० औं गोल गरेका छन् । उनले आइतबार फ्रि–किकबाट गरेको उत्कृष्ट गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा एथ्लेटिक बिलबाओलाई २–१ ले हरायो ।

यो उनले फ्रि–किकबाट बार्सिलोनाका लागि गरेको ४९ औं गोल पनि रह्यो । तर जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो । यस्तोमा एन्टोन ग्रिजमनले बार्सिलोनाका लागि निर्णायक गोल गरे ।

यो नतिजापछि बार्सिलोना र रियल म्याड्रिड दुवै समान ४० अंकमा रहे । बार्सिलोना दोस्रो स्थानमा छ । तर दुवै टोली शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा १० अंकले पछाडि छन् ।
एट्लेटिकोले यसअघि लुइस स्वारेजको दुई गोलमा काडिजलाई ४–० ले हराएको थियो । एट्लेटिकोको १९ खेलबाट ५० अंक छ । दिनका अन्य खेलमा गेटाफे र एलाभेस तथा ग्रेनेडा र सेल्टा भिगोले गोलरहित बराबरी खेले । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७