प्रधानमन्त्रीले बुधबारका लागि बोलाएको संवैधानिक परिषद् बैठक स्थगित


२० माघ २०७७, मंगलवार
sambaidhanik parisad

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) का लागि डाकेको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।

संवैधानिक अङ्गहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेपछि प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले भने, ‘माघ २१ गते बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।’

सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७