भारतमा कोरोनाको खोप लगाएकामध्ये २२ जनाको मृत्यु


२४ माघ २०७७, शनिबार
korona

काठमाडौं, २४ माघ । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरुवात भएको थियो ।

खोप अभियान शुरुवात भएपछि हालसम्म भारतमा ५० लाखभन्दा बढीमा कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अमेरिका, बेलायत र इजरायलको तुलनामा भारतमा सबैभन्दा बढीले खोप लगाएका छन् ।

भारतमा अक्सफोर्ड एस्ट्राजेनिकाको खोप कोभिसिल्ड तथा भारतमै निर्मित कोभ्याक्सिन खोपले स्वीकृति पाएको छ । यसबीचमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये २२ जनाको मृत्यु भइसकेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएका एक ७७ वर्षका मानिसको मृत्यु भएको छ । ती वृद्धमा पहिले मधुमेह तथा कार्डियोजेनिक रोग थियो । बीबीसी हिन्दी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७