नेकपाको दुई समूहबीच सहमति नजुट्दा, बस्न सकेन प्रदेश–१ को प्रदेशसभा बैठक


२५ माघ २०७७, आईतवार
pradesh 12021 01 21 09 24 43

विराटनगर, २५ माघ । नेकपाका दुई समूहबीच कार्यसूचीमा विवाद हुँदा आज (आइतबार) बस्ने भनिएको प्रदेश–१ प्रदेशसभाको बैठक अझै बस्न सकेको छैन । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक कार्यव्यवस्था समिति बैठकले कार्यसूची तय गर्न नसक्दा तोकिएको समयमा बस्न नसकेको हो । अहिले पनि कार्यसमिति बैठकमा कार्यसूची के राख्ने भन्ने विषयमै छलफल भइरहेको छ ।

सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुन नसक्ने र संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री राईले निलम्बन गरेका १६ जना सांसद प्रदेशसभामा सहभागी हुन नपाउने अडान राखेपछि बैठक लम्बिएको बताइएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको संसद बैठकका लागि प्रदेशसभा सदस्य संसद भवन आइसकेका छन् । यसअघि प्रदेशसभा बैठकको मिति सभामुख प्रदीपकुमार भण्डारी र मुख्यमन्त्री राईबीचको छलफलपछि तय हुने बताइएको थियो । प्रदेश प्रमुखले पठाएको संसद अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर अघिल्लो बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७