बायर्न म्युनिख विश्वकप फुटबलको फाईनलमा


२७ माघ २०७७, मंगलवार
sports 1

काठमाडौं, २७ माघ । जर्मन फुटबल क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

कतारमा जारी प्रतियोगिताको सेमिफाईनलमा इजिप्टको अल आहली फुटबल क्लबलाई २–० ले हराउँदै बायर्न फाईनलमा पुगेको हो । खेलमा बायर्न म्युनिखलाई विजयी गराउन पोल्याण्डका खेलाडी रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। जितसँगै बायर्न म्युनिखले मेक्सिकोको टिग्रेस विरुद्धको उपाधि भिडन्त तय गरेको छ ।

पहिलो सेमिफाईनल खेलमा ब्राजिलको पाल्मेरासलाई हराउँदै टिग्रेस फाईनलमा पुगेको थियो । फिफा क्लब विश्वकपको फाईनलमा पुग्ने टिग्रेस पहिलो मेक्सिकन फुटबल क्लब हो । क्लब विश्वकप फुटबलमा फिफाका ६ वटा क्षेत्रिय तथा महादेशीय च्याम्पियनहरुले सहभागिता जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७