केपी ओली बालकोट गएर बस्नुस् : अमृता थापा


२८ माघ २०७७, बुधबार
amrita

काठमाडौं, २८ माघ । अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापाले प्रधानमन्त्री केपी ओलीलाई बालकोट गएर बस्न सुझाब दिएका छिन् । राजा–महाराजालाई सत्ताबाट हटाएका जनताले राजा–महाराजा बन्न खोज्ने ओलीलाई सहजै हटाउन सक्ने चेतावनी दिइन् ।

नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभामा थापाले महिला परिवर्तनको पक्षमा रहेको पनि बताइन् । प्रधानमन्त्री ओलीले एक पटक पनि संसदीय दलका बैठक नराखेको भन्दै थापाले झुटको राजनीति नगर्न चेतावनी दिएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७