म्यानमारका सेना प्रमुखका परिवारलाई नै अमेरिकाले लगायो प्रतिबन्ध


२९ माघ २०७७, बिहीबार
3abae8e76e8c9a04fc1f3f989b89a558 w1000 h500 cp

काठमाडौं, २९ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् ।

म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित कोषलाई फ्रिज गर्न लागेको जानकारी दिएका छन् । बाइडेनले भने, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु जसले सैन्य कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू गर्छ । उनीहरुको व्यापारिक हित र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउने छन् ।

myanmar rCZsGoGI1k

राष्ट्रपति बाइडेनका अनुसार अमेरिकाले यो हप्ता प्रतिबन्धको पहिलो चरणमा ती व्यक्तिलाई चिन्हित गर्नेछ जसमाथि प्रतिबन्ध लगाइनेछ । राष्ट्रपतिले यो पनि भनेका छन् कि अमेरिकाले म्यानमारका लागि कडा निर्यात नियन्त्रण लागू गर्नेछ र आवश्यकता परे अतिरिक्त प्रतिबन्ध लगाउनका लागि पनि तयार छन् ।

राष्ट्रपति बाइडेनले भने, ‘म आज पुनः एकपटक बर्माको सेनासँग आङ सान सूची र विन मिन्त समेत लोकतान्त्रिक राजनीतिक बन्दी र कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गर्छु ।’ उनले थपे, ‘सेनाले सत्ता छोड्नै पर्छ ।’

राष्ट्रपति बाइडेनका अनुसार उनको प्रशासनले अमेरिकामा राखिएको म्यानमारको एक अर्ब डलर फन्ड फ्रिज गर्ने तयारीमा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७