भीरकट्यामा अड्किएको अनुसन्धान : दुई जनाले खाएका थिए चाउचाउ


२ फाल्गुन २०७७, आईतवार
bhagarathi tUKnbr3loj 1

बैतडी, २ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ । भागरथी पढ्ने विद्यालयदेखि झण्डै ५ सय मिटर दूरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन ।

भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनको बेला सनातन धर्म मावि खोचलेकबाट घर हिंडेकी थिइन् । उनले खोचलेक बजारको एक पसमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनले त्यो चाउचाउ बजारबाट झण्डै तीन सय मिटर दूरीमा रहेको भीरकट्याको भीरमा खाइन् । ‘भीरकट्याकको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन् । त्यतिबेला दुई जना थिए । दुवै भीरकट्याको भीरबाट छुट्टिए,’ एक जना प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।’

भीरकट्याबाट घटनास्थल झण्डै दुई किलोमिटर दूरीमा छ । त्यस दिन दिउँसो २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको छ । उनको शव नजिकै झण्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो । प्रहरीको तालिम प्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७