११ वर्षीया बालिकालाई पटक–पटक कक्षामै बलात्कार गरी गर्भवती बनाउने प्रअलाई मृत्युदण्ड


४ फाल्गुन २०७७, मंगलवार
garva

नयाँदिल्ली, ४ फागुन । भारतमा ११ वर्षीया बालिकालाई कक्षा कोठामै पटक–पटक बलात्कार गरी गर्भवती बनाउने प्रधानाध्यापकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

भारतको बिहार राज्यको राजधानी पट्नास्थित एक विद्यालयमा कक्षा पाँचमा पढ्ने बालिकामाथि प्रधानाध्यापक अरविन्द कुमारले बलात्कार गरी गर्भवती बनाएका थिए । उनलाई त्यहाँको नागरिक अदालतले फाँसीको सजाय सुनाएको एनडीटीभीले उल्लेख गरेको छ ।

घटनामा सहयोगीको भूमिका खेलेको पुष्टि भएपछि सोही विद्यालयका एक प्रशासनिक कर्मचारी अभिषेकलाई भने जन्मकैदको फैसला सुनाइएको छ । घटना झण्डै तीन वर्ष अगाडिको हो ।

पटनाको फूलवारीसरिफ क्षेत्रको न्यु सेन्ट्रल पब्लिक स्कुलमा सन् २०१८ को सेप्टेम्बरमा यस घटना भएको थियो । बालिका गर्भवती भएपछि मात्र बलात्कारको घटना बाहिर आएको थियो । अदालतले जरिवाना स्वरुप प्रधानाध्यापकलाई एक लाख रुपैयाँ र अर्का कर्मचारीलाई ५० हजार पनि तिराएको छ ।

बालिकाले आफ्नी आमालाई पेट दुखेको बताएपछि अस्पताल जचाउँदा उनी गर्भवती भएको पत्ता लागेको थियो । त्यसपछि बालिकाले प्रधानाध्यापकले उनको कक्षमै आफूमाथि बलात्कार गरेको बताएकी थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७