प्रदेशसभा बैठक माग गर्दै नेकपा सांसदले बुझाए ज्ञापनपत्र


५ फाल्गुन २०७७, बुधबार

हेटौंडा, ५ फागुन । वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अघि सारेको अविश्वासको प्रस्तावमाथि छलफल नगराई बैठक स्थगित गरिएको भन्दै अविलम्ब शुरु गर्न प्रचण्ड–नेपाल पक्षका सांसद्हरूले ज्ञापनपत्र बुझाएका छन् ।

वागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजेका लागि तय गरिएको थियो । तर, बिहानै ६ः३७ बजे सूचना टाँस गरेर स्थगनको खबर पठाएपछि प्रचण्ड–नेपाल समूहका सांसदहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

ast

‘हिजो साँझ संसद् भवनमा सभामुखकै कार्यकक्षमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू समेतको उपस्थितिमा प्रदेशसभाको बैठक तोकिएको कार्यसूचीअनुसार नै सञ्चालन गर्ने समेत सहमति भएकोमा उक्त सहमतिलाई लत्याई बिनासल्लाह, कार्यव्यवस्था परामर्श समितिको बैठक समेत नबसाइ पुनः अनिश्चितकालका लागि स्थगित गरिएकोमा हाम्रो दलको तर्फबाट घोर आपत्ति प्रकट गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ ।

‘सभामुखको यो कदमले प्रदेशसभाको उपादेयता समाप्त पार्ने षड्यन्त्र भएको एवं संघीयतालाई नै समाप्त पार्ने संघीयताविरोधीहरुको योजनालाई सफल पार्ने कार्य भइरहेको त छैन भन्ने गम्भीर प्रश्न उठेको छ’, नेकपा संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७