काठमाडौंमा ६५ रुपैयाँमा पेटभरि खाना


९ फाल्गुन २०७७, आईतवार
khana
सांकेतिक तस्वीर

काठमाडौं, ९ फागुन । काठमाडौंमा ६५ रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, हाम्रो खानाघर अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ ।

सस्तो मूल्यमा खाना खान बिहान ९ देखि राति ९ बजेसम्म हाम्रो खानाघरमा भिड लाग्छ । दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दंग छन् । उनी भन्छन्, मैले सुरु भएदेखि नै यहाँ खाना खान थालेको छु । यहाँ सस्तोमा मिठो खाना खान पाइन्छ । पैसा पनि बचत भएको छ ।

घर निर्माणको काम गर्ने उनको खानाका लागि दैनिक ३ सय रुपैयाँ खर्च हुन्थ्यो । तर, अहिले खानाका लागि उनले छुट्याएको रकममध्ये दैनिक एक सय ७० बचत हुन थालेको छ । सस्तोमा मीठो खाना पाइने भएकाले अरुलाइ पनि आउन भन्छु । १५ जनाजति साथस्लाई त ल्याइसकेको छु । मीठो, राम्रो अनि सस्तोमा पेटभरि खान पाइने भएपछि किन नआउने ? उनले भने ।

दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्य बोकेर हाम्रो टिम नेपालले हाम्रो खानाघर गत १७ माघदेखि सञ्चालनमा ल्याएको हो । हाम्रो खानाघर कम आम्दानी हुने, ज्याला मजदुरी गर्नेहरुको मात्र होइन सस्तो र राम्रो खाना खानेहरुका लागि उपयुक्त गन्तव्य बनेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७