नाइजरमा बम विष्फोट, निर्वाचन आयोगका सात कर्मचारीको मृत्यु


१० फाल्गुन २०७७, सोमबार
117108133 hi065842296

काठमाडौं, १० फागुन । नाइजरमा भएको कार बम विष्फोटमा परी निर्वाचन आयोगका सात जना सदस्यको मृत्यु भएको छ । राष्ट्रपतिय निर्वाचनको अनुगमनमा खटिएका निर्वाचन अधिकारीको बिस्फोटमा मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

निर्वाचन सामग्री विभिन्न मतदान केन्द्रमा लैजाने क्रममा विद्रोहीहरुले गराएको विष्फोटमा तीन व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । निर्वाचनको पूर्व सन्ध्यामा भएको विष्फोटका कारण मतदानको सुरक्षामा चुनौती थपिएको छ ।

अलकायदाको नजिक रहेका सशस्त्र समूहको पकड रहेको सो क्षेत्रमा नियमित रुपमा विष्फोटका घटनाहरु भइरहेका छन् । सो क्षेत्र आफ्नो नियन्त्रणमा रहेकाले अन्य क्षेत्रमा पनि आफ्नो कारवाही जारी रहने सो समूहले जनाएको छ । निर्वाचनका लागि हजारौ सेना देशव्यापी रुपमा खटाइएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । उनीहरुले मतदानमा सहभागी हुन पनि आम नागरिकलाई आह्वान गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७